बिपी राजमार्गमा पहिरो, पूर्वजाने यात्रु बाटैमा अलपत्र

फागुन ९ । विपी राजमार्ग अन्तर्गत खुर्कोट नेपालथोक सडक खण्डमा पर्ने सिन्धुलीको सित्तलपाटी गाविस–९ बेनीमा पहिरो गएको छ ।
पहिरोका कारण राजधानीबाट पुर्व जाने र आउने गाडीहरु अलपत्र परेका छन् ।
भुकम्पक कारण चर्किएको करिब २० मिटर सडक सुनकोशीमा खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सडकको भाग गएराती ११ बजेतिर खसेको बताईएको छ ।
पहिरोका कारण बाटो अवरुद्ध हुँदा, सिन्धुली, रामेछाप, ओखलढुंगा, उदयपुर, खोटाङ्ग तथा तराईका जिल्लाहरुमा चल्ने गाडीहरु रोकिएका छन् ।
Pahiro
