ताजा खबर समाज

चिनियाँ सैनिक टोली नेपालमा

चिनियाँ सैनिक टोली नेपालमा
फागुन ९ । नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यासको गृहकार्य चलिरहेका बेला आइतबार चिनियाँ जनमुक्ति सेनाका पश्चिमी कमान्डर डेपुटी चिफ अफ स्टाफ मेजर जनरल जिहाओ जीनसङको नेतृत्वमा १५ सदस्यीय टोली नेपाल आइपुगेको छ । दुई मुलुकको संयुक्त सैन्य तालिम कहिले र कुन संख्यामा गर्ने भन्ने अन्तिम निर्णय हुन बाँकी रहेको अवस्थामा प्रधानसेनापति राजेन्द्र क्षत्रीले मेजर जनरल जिहाओसँग जंगी अड्डामा आइतबार भेट गरे । भेटमा प्रधानसेनापति क्षत्री र जिहाओबीच दुई मुुलुकका आपसी हित तथा परस्परिक सम्बन्धका विषयमा कुरा भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार जिहाओको नेतृत्वको टोली फागुन १० गते भारत जाने कार्यक्रम छ । छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरूको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।

Chiana Army in Nepal

विशेष