समाज

त्रिशुलीमा जीप खस्यो दुई बेपत्ता ४ घाइते

त्रिशुलीमा जीप खस्यो दुई बेपत्ता ४ घाइते
फागुन ९ । चितवनको कविलासबाट बोलेरो जीप त्रिशूली नदीमा खस्दा दुईजना बेपत्ता भएका छन् । चारजना घाइते भएका छन् । ना ३ च ७५४३ नम्बरको बोलेरो जीप नदीमा खस्दा गोरखा ताखु–३ की विष्णुमाया गुरुङ्ग र उनका १३ वर्षका नाति सविन बेपत्ता भएका प्रहरीले जनाएको छ । उद्धार गरिएका चालकसहित चारजनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बेपत्ता दुई जनाको खोजी भइरहेको छ । यस्तै काठमाडौं शंखरापुरको जरसिंहपौवामा मोटरसाईकल दुर्घटना हुँदा बौद्धको सरस्वतीनगरका शिव ठकुरीको ज्यान गएको छ ।

Jeep Accident

विशेष