समाज

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा महायज्ञलाई एक लाख सहयोग

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा महायज्ञलाई एक लाख सहयोग
फागुन ९ । पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार नारायणगढमा जारी विराट गोरक्षा महायज्ञमा एक लाख सहयोग गरेका छन् । पत्नी कोमलको जन्मोत्सव मनाउन चितवन पुगेका उनले आइतबार नारायणी किनारमा जारी महायज्ञमा पूजाआजा गरी एक लाख सहयोग गरेका हुन् । महायज्ञ परिसरमा उनले गौ पुजनसँगै बज्राचार्य, लामा र हिन्दू धर्मालम्बीले गरिरहेका छुट्टाछुट्टै हवनकुण्डमा पूजा गरेका थिए । एक प्रश्नमा पूर्वराजा शाहले भने, “हिन्दू राष्ट्र बोल्ने कुरा होइन, मनमा राख्नुपर्छ ।” महायज्ञमा पूर्वराजा र पूर्वरानी कोमललाई सर्वसाधारणले स्वागत गरेका थिए । शनिवार कोमलको जन्मोत्सव पश्चिम चितवनको बाराही रिसोर्टमा मनाइएको पूर्वराजाका निजी सचिव सागर तिमिल्सिनाले बताए । गौ सेवाकोष स्थापनार्थ हिन्दू ओमकार भोलिन्टियर्सद्वारा फागुन ३ बाट सुरु भएको महायज्ञ शिवरात्रिका दिन फागुन १३ गतेसम्म चल्नेछ ।

Gyanendra Shah

विशेष