समाज

दुव्र्सनीविरुद्ध आमाहरु

दुव्र्सनीविरुद्ध आमाहरु

फागुन ९ । बागलुङमा दुव्र्यसनीविरुद्ध आमाहरु अभियान सुरु हुने भएको छ । आदर्श सञ्चार सहकारी नामक गैरसरकारी संस्थाले लागुऔषध दुव्र्यसनका बारेमा सचेतना बढाउन यो अभियान सुरु गर्न लागेको हो । युवालाई दुव्र्यसनबाट जोगाउन र दुव्र्यसनीको पहिचान एव्म रोकथाममा टेवा पुग्ने लक्ष्य अभियानले लिइएको सहकारीका अध्यक्ष अमर थापाले बताए ।

अध्यक्ष थापाकाअनुसार यो वर्ष जिल्लाका २० स्थानमा सचेतनामूलक कार्यक्रम गर्ने योजना रहेको छ । “युवायुवती दुव्र्यसनमा लाग्दा त्यसको पीडा सबैभन्दा बढी उनीहरुको आमाले भोग्नुपर्ने हुन्छ”, अध्यक्ष थापाले भने – “आमाहरुलाई पहिले सचेत बनाउन सकेमा दुव्र्यसनी न्यूनीकरण गर्न सकिन्छ ।” सहकारीले यसका लागि समुदायस्तरमा पुगेर आमाहरुसँग छलफल, अन्तक्र्रिया गर्ने गरेको छ ।

अभियान चलाउन जिल्ला प्रहरी कार्यालय, बागलुङसँग सहकार्य गरिएको छ । नगरपालिकाका ११ वटै वडा र सहकारीका बढी सदस्य भएका पाला, भीमापोखरा, धम्जा, रेश, सिगाना, तित्याङ र रायडाँडा गाविसमा यो अभियान सुरु गरिने योजना छ ।

लागुऔषधको प्रयोग, ओसारपसार र बिक्री वितरणबाट युवापुस्तालाई जोगाउन अभियान प्रभावकारी हुने दावी सहकारीको छ । समुदायस्तरमा दुव्र्यसनीविरुद्धको अभियान सुरु हुन थालेपछि गाउँका आमासमेत खुसी भएकी छिन् । बानपा–८ की सरस्वती किसानले यो अभियानले आफूलाई दुव्र्यसनबिरुद्ध सजग र सचेत बनाएकोमा खुसी व्यक्त गरिन ।

“यो अभियान हाम्रै लागि हो भन्ने लाग्छ, बालबच्चालाई दुव्र्यसनीबाट जोगाउन सबै सचेत हुनुपर्छ” किसानले भन्नुभयो— लागुऔषध दुव्र्यसनीमा फसिसकेका व्यक्तिलाई निरुत्साहित गर्न पनि यसले ठूलो सहयोग गर्नेछ ।

सहकारीका सात सिद्धान्तमध्ये ‘समुदायप्रति चासो’ अन्तर्गत यो अभियान सुरु गरिएको हो । दुई वर्षअघि विद्यालयमा सहकारी शिक्षा अभियान चलाएको सहकारीले गत वर्षदेखि महिलाले महिनावारी हुँदा प्रयोग गर्ने घरेलु विधिको ‘प्याड’ बनाउने तालिम पनि चलाउँदै आएको अध्यक्ष थापाले बताए ।

Durbasani

विशेष