समाज

चार दिनदेखि महिला बेपत्ता

चार दिनदेखि महिला बेपत्ता
फागुन ९ । पोखराको सिमलचौरबाट एकजना वृद्धा चार दिनदेखि बेपत्ता भएकी छिन् । सो ठाउँको आलुमाइलाचोकका ६२ वर्षीया सोममाया खड्का शुक्रबारबाट बेपत्ता भएकी छिन् । साथीको घरमा लगाइएको पूजामा सरिकभएर प्रसाद ग्रहण गरी सोहि दिन अपराह्न ५ बजे घर जान भनेर हिँडेकी उनी आजसम्म सम्पर्कमा नआएको उनकी छोरी विद्या शाहीले जानकारी दिइन । कालो वर्ण, पाँच फिट दुई इन्च उचाइ, कुर्ता सुरुवाल लगाएको र कानैभरि सुनको शिलमुन्द्री लगाएकी सोममायालाई आजसम्म नभेटाएपछि प्रहरीमा जाहेरी परेको जिप्रका, कास्कीले जनाएको छ ।

Mahila Bepatta

विशेष