प्रवास मनोरञ्जन

फिलिपिन्समा युनिभर्सिटी स्तरिय प्रतियोगितामा फस्ट रनर-अप बनिन् नेपालकी चेली अमिशा कार्की

फिलिपिन्समा युनिभर्सिटी स्तरिय प्रतियोगितामा फस्ट रनर-अप बनिन् नेपालकी चेली अमिशा कार्की

फागुन – ९ । फिलिपिन्सको सान कार्लाेस सिटी पेगासेननस्थित भिर्गेन मिलाग्रोसा युनिभर्सिटी फाउन्डेसनले सञ्चालन गरेको  विश्वविद्यालय स्तरिय मिस्टर एण्ड मिस भिएमयुएफ – २०१७ प्रतियोगितामा नेपालकी चेली अमिशा कार्की फस्ट रनर-अपको ताज पहिरेकी छिन् । उक्त प्रतिस्पर्धामा १५ युनिभर्सिटीका १५ छात्र र १५ छात्राले भाग लिएका थिए । प्रतिस्पर्धामा भाग लिने उनी एक्ली नेपाली चेली हुन् । उनलाई निर्णयकले सोधेको ‘तिम्रो जीवन जिउनु महत्त्व के हो ?’ भन्ने प्रश्नमा 'अरुको अनुहारमा खुसी भर्नु हो' भन्ने सरल उत्तर दिदैँ उनी फस्ट रनर-अपको ताज पहिरेकी हुन् । यसै प्रतियोगितमा उनी मिस इभर बेलिना र मिस फेस अफ द इयर-२०१७ पनि बन्न सफल भइन् । लिटिल एन्जेल कलेजबाट दस जोर दुई (टेन पल्स टु) उत्तीर्ण गरि दुई वर्षअघि मेडिसिन अध्ययनका लागि फिलिपिन्स पुगेकी अमिशाले आफ्नो युनिभर्सिटीको प्रतिनिधित्व गर्दै उक्त प्रतिस्पर्धामा भाग लिएकी हुन् । कन्टेस्टेन्ट नं. १० की अमिसालाई युनिभर्सिटीले पूर्ण शूल्कको ५० प्रतिशत छात्रवृत्ति दिने भएको छ । नेपालमा छँदा पनि विभिन्न अतिरिक्त क्रियाकलापमा भाग लिन मनपराउने अमिसाले फलिपिन्समा पुगेकोे ६ महिना मै युनिभर्सिटीले संचालन गरेको मिस इन्टरमुरल्स प्रतियोगितामा सेकेन्ड रनर-अप भएकी थिइन् । झापा धुलाबारी घर भई काठमाडौंको लोकन्थली – १६ मा बस्दै आईरहेका अमिशाका आमाबुबा छोरीको प्रगतिले हर्षित भएका छन् । बुबा राजकुमार कार्कीले यो व्यक्तिगत खुसी मात्रै नभएर अमिशाले उक्त युनिर्भसिटीमा अध्ययनरत नेपाली विद्यार्थीहरुको प्रतिनिधित्व गर्न  सफल भएको बताए । उनले छोरीको सफलताले फिलिपिन्समा नेपालीको पहिचान बढाएको बताए । उनी वैदेशिक रोजगार व्यावसायी हुन् । उनको सञ्चालनमा काठमाडौंको तीनकुनेस्थित रहेको इमारल्ड आइल्स नामक म्यानपावरले नेपाली युवालाई वैदेशिक रोजगारका लागि दुबई, कतार, साउदीलगायतका देशमा पठाउँदै आईरहेको छ । त्यस्तै, अमिशाकी आमा सीता कार्की पनि छोरीको प्रगति देखेर दंग छिन् । सानैमा शिक्षकले काखमा लिएर माईकमा बोल्न दिएको स्मरण गर्दै आमाले भनिन्, 'सानैदेखि अतिरिक्त क्रियाकलापमा भाग लिन औधी रूचाउँथिन्, फिलिपिन्समा गएर पनि नेपालमा जस्तै विभिन्न प्रतियोगितामा भाग लिदै आइरहेकी छिन् ।' अमिशाले ठूलो भएपछि म हिरोइन बन्छु है आमा भनेको उनले कहिल्यै बिर्सिदिनन् । आमा सीता कार्की वैदेशिक रोजगार अभिमुखिकरण व्यावसायी हुन् । उनको सह–सञ्चालनमा एअरपोर्टमा टास्क ओरेन्टेसन एसोसियटले वैदेशिक रोजगारमा जानेलाई दुई दिने अभिमुखिकरण तालिम दिँदै आईरहेको छ ।

अमिशा कार्की

विशेष