युनाइटेड एफए कपको क्वाटरफाइनलमा, इब्राहिमोविचको मुख्य भूमिका

फागुन–९ । म्यानेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । आईतबार राति भएको खेलमा ब्ल्याकबर्न रोबर्सलाई २–१ ले हराउँदै युनाइटेडले अन्तिम ८ मा स्थान बनाएको हो ।
युनाइटेडको जितको लागि मार्कश रासफोर्ड र जाल्टन इब्राहिमोविचले गोल गरे । रोबर्सको लागि ड्यानी ग्रहमले एक गोल मात्र फर्काउन सके ।
खेलको १७ औं मिनेटमा ग्रहमले गोल गर्दै रोबर्सलाई सुरुवाति अग्रता दिलाएका थिए । तर २७ औं मिनेटमा रासफोर्डले युनाइटेडको लागि बराबरी गोल फर्काए । पहिलो हाफ १–१ को बराबरीमा सकिएपछि युनाइटेडको लागि इब्राहिमोविचले ७५ औं मिनेटमा गोल गर्दै २–१ ले जित दिलाए । पहिलो हाफमा बेन्चमा बसेका इब्राहिमोविच दोस्रो हाफमा मात्र मैदानमा प्रवेश गरेका थिए ।
म्यानचेस्टर युनाइटेडले क्वाटरफाइनलमा चेल्सीसँग खेल खेल्ने छ ।
एफए कप
क्वाटरफाइनल
म्यानेस्टर युनाइटेड

