अफ्रिदीले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास


फागुन–९ । पाकिस्तानका पूर्व कप्तान तथा अलराउण्डर साहिद अफ्रिदीले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । ३६ वर्षीय अफ्रिदीले आफ्नो २१ वर्ष लामो क्रिकेट यात्राबाट सन्यास लिएका हुन् । उनले दुई वर्षअघि टेस्ट र एकदिवसीयबाट सन्यास लिइसकेका थिए । तर, उनी टी–२० क्रिकेटमा भने सक्रिय थिए । २०१६ को अप्रिलमा टी–२० को कप्तानी छाडेका थिए । उनले आफ्नो खेल जीवनमा २७ टेस्ट, ३९८ एकदिवसीय र ९८ टी–२० खेल खेले । उनले भने,‘मैले अन्तराष्ट्रिय क्रिकेटबाट बिदा लिइसकेको छु ।’ तथापि उनी घरेलु क्रिकेट टी–२० मा भने अझै २ वर्षसम्म खेल्ने बताएका छन् । अन्तराष्ट्रिय क्रिकेट पाकिस्तान सन्यास साहिद अफ्रिदी