मोहम्मद नाबी बने आइपिएल खेल्ने पहिलो अफगानि खेलाडी
फागुन–९ । इन्डियन प्रिमियर लिग (आइपिएल)मा खेल्ने पहिलो अफगानी क्रिकेटर मोहम्मद नाबी बनेका छन् । आइपिएलको क्लब सनराइजर्स हैदराबादले नाबीलाई ३० लाख भारतीय रुपैयाँमा खरिद गरेसँगै उनी आइपिएल खेल्ने पहिलो अफगानी खेलाडी बनेका हुन् ।
नाबीले सन् २०१३ देखि २०१५ सम्म अफगान टोलीको नेतृत्व गरेका थिए । अफगानिस्तानलाई डिभिजन ५ बाट इन्टरकन्टिनेन्टल कपसम्म पुर्याउन उनको भूमिका मुख्य रहेको छ । सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा नाबीले नै अफगानिस्तानको नेतृत्व गरेका थिए ।
सन् २०१६को टी–२० विश्वकपमा उनी सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए । आइपिएलमा उनी अष्ट्रेलियाली क्रिकेटर डेविट वार्नरको कप्तानीमा रहेको हैदरावादका तर्फबाट खेल्नेछन् ।
अफगानिस्तान
आइपिएल
मोहम्मद नावी