सुदूर पश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तोडफोड

फागुन – ९ । महेन्द्रनगरस्थित सुदूर पश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तोडफोड भएको छ । स्कुल अफ इन्जिनियरङका विद्यार्थीहरुले सोमबार शिक्षकको पदपूर्तिको माग राख्दै कार्यालयमा पुगेका विद्यार्थीहरुले एकाएक तोडफोड गरेको विश्वविद्यालयले जनाएको छ ।
विद्यार्थीको माग बारे छलफल भइरहेकोबेला २०/२२ जनाको समूहमा आएका विद्यार्थीहरुले तोडफोड गरेको विश्वविद्यालय प्रशासन कार्यालयले जनाएको छ । एक थान टेबुल, एक थान कम्युटर, कुर्सी, प्रिन्टर, पंखा लगायतका धेरै सामाग्री नष्ट भएको छ । उनीहरुले पाटेसन गरिएका प्लाइबोर्ड समेत तोडफोड गरेका छन् ।
ल्याबको अभाव खेपिरहेका इन्जिरियङका विद्यार्थीहरुले लामो समयदेखि शिक्षक पदपूर्तीको माग गर्दै आएका थिए । यता विद्यार्थीहरुले भने आफूहरुले तोडफोड नगरेको जिकिर गरेका छन् ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालय
