समाज

१८ वर्षीय युवकले बनाए ८० हजारको लागतमा चारपंग्रे गाडी

१८ वर्षीय युवकले बनाए ८० हजारको लागतमा चारपंग्रे गाडी
फागुन - ९ । बाग्लुङ्गका १८ वर्षीया युवक भीम सुनारले ८० हजारको लागतमा ‘ओशियन’ नामको गाडी निमार्ण गरेका छन् । एक महिना लगाएर निर्माण गरेको उक्त गाडी सोमबार उनले रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमका बीच सार्वजनिक गरेका हुन् ।
सुनारले आफ्नो सिप र दक्षतालाई राज्यले उपभोग गर्नुपर्ने बताएका छन् । उनले भने, ‘म अहिले कक्षा १२ मा अध्ययनरत छु, १० कक्षा पढ्दाको समयमा शैक्षिक प्रदर्श्नि गर्नुपर्थो, त्यो बेला डोजर बनाएर प्रदर्शन गरेको थिए, त्यसपछि रोवर्ट र हेलिकप्टर बनाए, आज ओशियन नामको चार पाँग्रे गाडि निमार्ण गरेको छु, यो केवल नमुना हो ।’ उनले तीन लाख खर्च गरेर बनाउने हो भने एक्दमै राम्रो गाडी बनाउन सक्ने बताए । उनले थपे, ‘राज्यले सहयोग गरेको खण्डमा हामी जस्ता केहीगर्न चाहने यूवाहरू स्वदेशमै बसेर देश विकासमा केही गरेर देखाउन सक्छौँ, यदि राज्यले हेरेन भने विदेश पलायनको विकल्प रहँदैन ।’ मेशिनको निमार्ण कसरी गर्नु भयो भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘लगानीको अभावमा मैले यतिखेर यो गाडीमा बाईको ईन्जिन राखेको छु, मेरो कनसेप्ट ब्याट्रीबाट चल्ने गाडी बनाउने हो, लगानी भयो भने सबै आफैँले निमार्ण गर्नसक्छु,’ आगामी दिनहरुमा कृषि क्षेत्रको विकासमा समर्पित हुने लक्ष्य लिएका सुनार आगामी दिनमा गहुँ, कोदो, धान, भटमासलाई मेसिन मार्फत सरल व्यबस्थापन गर्ने मेसिनको साथै तरकारी काट्ने मेसिन बनाउने उनको योजना छ ।

भीम सुनार

विशेष