खेल

संकटा बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश

संकटा बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश
फागुन–९ । धरानमा जारी १९ औं अन्तराष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा संकटा क्लब प्रवेश गर्न सफल भएको छ । संकटाले सोमबार क्वार्टरफाइनलमा सशस्त्र प्रहरीलाई १–० ले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो । संकटाको जितको लागि राज पौडेलले निर्णायक गोल गरे । संकटाले सेमिफाइनलमा रुपन्देही–११ सँग बुधबार भिड्ने छ । रुपन्देहीले क्वार्टरफाइनलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पराजित गरेको थियो । प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा मंगलबार नेपाल पुलिस क्लब र भारतको सिक्किम युनाइटेड फुटबल क्लबबीच खेल हुनेछ । सिक्किमले क्वार्टरफाइनलमा सिधै खेल्ने अवसर पाएको हो ।

धरान बुढासुब्बा गोल्डकप संकटा क्लब

विशेष