स्वास्थ्य

चिकित्सकद्वारा सुरक्षाको माग गर्दै सेवा अवरुद्ध

चिकित्सकद्वारा सुरक्षाको माग गर्दै सेवा अवरुद्ध
फागुन - ९ । लुम्बिनी अञ्चल अस्पताल बुटबलमा बिरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेको विरोधमा बिहानैदेखि चिकित्सकले सुरक्षाको माग गर्दै सेवा अवरुद्ध गराएका छन् । आइतबार साँझ उपचारका लागि आएका बुटबल–१५ बेलबासका लीलबहादुर गुरुङको उपचारमा स्वास्थ्यकर्मीले बेवास्ता गरेको जनाउँदै डा. सलाउद्दिन मियाँलाई बिरामीका आफन्तले हातपात गरेको अस्पतालले जनाएको छ । गुरुङका छोराले चिकित्सकलाई झापड हानेको र आकस्मिक सेवामा रहेका स्वास्थ्यकर्मीलाई गाली–गलौज गरेको चिकित्सकले बताएका छन् । घटनाको विरोध गर्दै सेवा अवरुद्ध बनाइएपछि उपचारमा आएका बिरामी अलपत्र परेका छन् । चिकित्सकले दोषीमाथि कारबाही गर्नुपर्ने माग गर्दै सेवा अवरुद्ध बनाएका हुन् । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र सञ्जेलले घटनाका विषयलाई लिएर दुबै पक्षबीच वार्ता भइरहेको बताए ।

Lumbini Hospital

विशेष