समाज

गोबिन्द रोका नेपाल टेलिभिजनको महाप्रबन्धक नियुक्त

गोबिन्द रोका नेपाल टेलिभिजनको महाप्रबन्धक नियुक्त
फागुन १० । सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धकमा वरिष्ठ पत्रकार गोविन्द रोकालाई चार वर्षका लागि नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले रोकालाई नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए । माओवादीले सञ्चालन गरेको जनयुद्धमा युद्ध पत्रकारको भूमिका निर्वाह गरेका रोका शान्ति प्रक्रिया सुरु भएपछि नेपाल एफएममा समाचार प्रमुख भएर काम गरेका थिए । विसं २०५४ सालदेखि विभिन्न सञ्चार माध्यममा संवादददाताको रुपमा काम गरेका उनले २०६३ सालमा रेडियो नेपालको समाचारमूलक कार्यक्रम घटना र विचारको संयोजक भएर काम गरेका थिए । नेपाल एफएममा समाचार प्रमुखको रुपमा पाँच वर्ष सेवा गरेका रोकाले मैत्री एफएममा प्रबन्ध निर्देशक भएर काम गरे । रेडियो रानी भेरी एफमको अध्यक्ष भई २०५७ देखि हालसम्म निरन्तर रहेका छन् । यस्तै प्रदेश एफम एम सुर्खेतको अध्यक्ष, एबिसी टेलिभिजनमा समाचार सम्पादकको रुपमा उनले काम गरेका छन् । रोकाले प्रसारण पत्रकारितामा स्तातकोत्तर उत्तीर्ण गरेका छन् ।

Gobinda Roka

विशेष