मनोरञ्जन

हलमा जानुअघि ट्वाइलेट गएर मात्र जानु : निश्चल बस्नेत

हलमा जानुअघि ट्वाइलेट गएर मात्र जानु : निश्चल बस्नेत
फागुन १० । यतीबेला ‘लुट २’ का निर्देशक निश्चल बस्नेत निकै व्यस्त देखिन्छन् । सेलिब्रेटि निर्देशक मानिने निश्चल बस्नेतले दर्शकलाई फिल्म हेर्न जानुअघि ट्वाइलेट गएर जान आग्रह गरेका छन् । फागुन १३ गते फिल्म रिलिज हुन लागेपनि फिल्मको प्रचारमा कलाकारहरुको सहभागि भने त्यति देखिदैँन । निश्चल आफै सबै ठाउँमा दौडिरहेका देखिन्छन् । फिल्मको पहिलो हाल्फ नै एक घण्टा दश मिनेटमा भएको र फिल्म एउटै गतिमा गइरहने भएकाले फिल्म हलमा जानुअघि ट्वाइलेट गएरमात्र जान उनले सुझाएका हुन् । फिल्म एउटै गतिमा जाँदा दर्शकलाई अलिकति पनि अल्छी नलाग्ने निर्देशक बस्नेतको दाबी छ । सुपरहिट चलचित्र ‘लुट’ रिलिज भएको चार वर्ष पछि यसको सिक्वेल आएको हो । दर्शकले सार्वधिक आशा गरेका चलचित्र भएको हुनाले दर्शकको बढ्दो आशासँगै निर्देशक बस्नेतको मनको धढ्कन पनि बढिरहेको बताउँछन् ।

Loot 2

विशेष