समाज स्वास्थ्य

बालबिबाहले पाठेघरका बिरामी महिलाहरु बढे

बालबिबाहले पाठेघरका बिरामी महिलाहरु बढे

फागुन १० । जाजारकोट जिल्लाको गाउँमा सञ्चालन गरिएको महिलामैत्री स्वास्थ्य शिवीरमा पाठेघर सम्बन्धी  विरामी महिलाहरुको संख्या धेरै देखिएको छ ।

गत माघ २२ गते स्वस्थ्य चौकी लहँमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिबीरवाट सेवा लिएका महिलाहरुमा पाठेघरका बिरामी, रगत बग्ने, मुत्रनलीमा समस्या भएका, सेतोपानी बग्ने, ईमिग्यास्टिक, महिनावारी नहुने जस्ता विरामी महिलाहरुको संख्या धेरै भेटियो डा. गैरेले भनिन्–“यो डरलाग्दो अबस्था हो, यस्तो अबस्था अहिले सम्म अन्य ठाउँमा देखिएको छैन ।”

जनचेतना अभावका कारण गरिने बालबिबाह, कम उमेरमा बच्चाको आमा बन्ने, कम जन्मान्तरमा बच्चा जन्माउनुले महिलाहरुमा यस्तो डरलाग्दो समस्या देखा गरेको डा. जानुका गैरेको भनाई रहेको छ ।

गरिबीका कारण गर्भवती तथा सुत्केरी अबस्थामा गह्रौ भारी बोक्नुु पर्ने बाध्यताले पनि यस्ता रोग लाग्ने डा. गैरेले जानकारी दिईन । नेपाल रेडक्रस सोसाईटी, जाजरकोट शाखाको सामुुदायिक स्वास्थ्य र खोनपानी, सरसफाई तथा स्वस्च्छता कार्यक्रमको आर्थिक सहयोग र क्षेत्रिय स्वास्थ्य कार्यालय, सुर्खेत तथा प्राथमिक स्वास्थ्य केन्द्र दल्लीको प्राविधिक सहयोगमा उक्त शिवीर सञ्चालन गरिएको थियो ।

स्वास्थ्य शिवीरवाट २ सय २५ जना महिलाले स्वास्थ्य जाँच गराएर निशुल्क सेवा लिएको नेपाल रेडक्रस सोसाईटी, जाजरकोटको सामुुदायिक स्वास्थ्य र खोनपानी, सरसफाई तथा स्वस्च्छता कार्यक्रम जिल्ला संयोजक छवी पन्तले जानकारी दिए उक्त स्वास्थ्य शिवीरमा २ सय ७ जना महिलाहरु पाठेघरका बिरामी भएको नेपाल रेडक्रस सोसाईटी, जाजरकोट शाखाले जनाएको छ ।

विशेष