मनोरञ्जन

ऋतिकसँगको सम्बन्ध अब पूर्ण रुपमा खतम भइसकेको छ - कंगना

ऋतिकसँगको सम्बन्ध अब पूर्ण रुपमा खतम भइसकेको छ - कंगना
फागुन – १० । बलिउड अभिनेत्री कंगना रनौटले उनी र अभिनेता ऋतिक रोसनबीचको प्रेमसम्बन्धबारेको हल्ला अब केही समयमै समाप्त हुने बताएकी छिन् । उक्त विषय अब सदाको लागि समापन हुनेबारे उनले मुख खोलेकी हुन् । यी दुई जोडीबीच विवाद त्यो दिनदेखि सुरु भयो जुन दिन कंगनाले एक अन्तर्वातामा ऋतिकलाई ‘सिलि एक्स’ भनिन् । यो घटनाको चर्चा त्यतिबेला चुलियो जब उनीहरु दुबैले एकअर्कालाई कानुनी नोटिस दिए । ऋतिकले कंगनासँग सार्वजनिक माफीको माग गरे । यो सबै विवादले बिरक्तिएर कंगनालाई फिल्म जगतका धेरैले सबै कुरा सार्वजनिक नगर्न सुझाएका थिए । यस विवादका कारण कंगनालाई धेरैले अब मुख खोले आफ्नो करियर बर्बाद गर्ने धम्की पनि दिए । तर, अब यस्ता कुराहरुको केही मतलब नहुने किनभने आफ्नो जीवनमा अब ऋतिकको कहानी समाप्त भइसकेको कंगनाले बतताइन् । परिस्थिती मुस्किल भएपनि कंगना आफूले केही गल्ती नगरेको कुरामा पूर्ण विश्वस्त छिन् । उनको र ऋकिको ‘क्रिस ३’ को सुटिङको दौरानमा प्रेम सम्बन्ध थियो भन्ने हल्ला बलिउडमा व्यापक रुपमा चलेको थियो ।

Hrithik Roshan Kangana Ranut

विशेष