‘आइ लब यु’ नभनी बसेको माया पिरती

फागुन – १० । कलिउडमा अहिलेका हट जोडी हुन् अभिनेता संजोग कोइराला र अभिनेत्री वर्षा राउत । यी दुई प्रेमसम्बन्धमा बसेको धेरै लामो समय भइसक्यो तर एकअर्कालाई ‘आइ लब यू’ भनेर भने नभनेको खुलाहा गर्छन् ।
‘आइ लब यू’ पनि नभनी परेको कस्तो प्रेम सम्बन्ध होला भनेर यो कुराले धेरैलाई चकित पारिदिन्छ । तर, यी दुबैको बोलाई र मायामा गहिरो भाव पाउन सकिन्छ । संजोग आइ लब यू भनेर मात्र माया नहुने र माया भन्ने कुरा मनमा फिल गर्ने कुरा भएकोमा जोड दिन्छन् ।
विवाहको लागि यी दुबै अहिले नै तयार नभएको बताउँछन् संजोग । भर्खरै अभिनयमा रस बस्न थालेकी वर्ष पनि विवाह अहिलेको रोजाइमा नपरेको बताउँछिन् । विवाह पछि फिल्ममा काम गर्न रोक लगाउने प्रसंगमा संजोगको साधारण जवाफ छ । आफ्नो परिवार पनि फिल्म लाइनसँग सम्बन्धित भएकाले यस्ता कुरामा वर्षलाई ढुक्क हुन उनले सुझाएका छन् ।
वर्षा राउत
संजोग कोइराला
