खेल

नेपालले एसीसी इमर्जिङ कप खेल्न नपाउने

नेपालले एसीसी इमर्जिङ कप खेल्न नपाउने
फागुन - १० । एसियन क्रिकेट काउन्सिल एसीसीले आयोजना गर्ने एसीसी इमर्जिङ कप क्रिकेट नेपालले खेल्न नपाउने भएको छ । एसियन क्रिकेट काउन्सिल एसीसीको बोर्ड बैठकले एकदिवसीय मान्यता प्राप्त देशलाई मात्र खेलाउने निर्णय गरेपछि नेपालले यो अवसर गुमाएको हो । प्रतियोगितामा अब भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशका अण्डर ट्वान्टी थ्री र अफगानिस्तानको राष्ट्रिय टोलीबीच मात्र प्रतिस्पर्धा हुनेछ । यसअघि हङकङ, युएई र नेपालले पनि एसीसीले अयोजना गर्ने एसीसी इमर्जिङ कप क्रिकेट खेल्ने तय भएको थियो । हङकङ र युएइले यसअघि नै नाम फिर्ता लिइसकेका छन् ।

एसीसी इमर्जिङ कप

विशेष