मनोरञ्जन

रोयल ट्रेजर मह यात्रा–२०७३ लिएर अाउँदैछन् मह जाेडी

रोयल ट्रेजर मह यात्रा–२०७३ लिएर अाउँदैछन् मह जाेडी
फागुन – १० । जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज अन्र्तगतको हिमालयन डिष्टीलरी प्रालिले लामो अन्तरालपछि ‘रोयल ट्रेजर मह यात्रा - २०७३’ बाट नेपाली दर्शमलाई मनोरञ्जन प्रदान गर्न भएको छ । हिमालयनले उक्त कार्यक्रम आगामी फागुन १३ देखि २५ गतेसम्म देशका १० प्रमुख शहरहरुमा आयोजना गर्न लागेको हो ।
मह जोडीसहितको समूहका माध्यमबाट नेपाली दर्शकहरुलाई मनोरञ्जन दिलाउने भएको छ । मह जोडी कलाकारहरुको समूहमा मदन कृष्ण श्रेष्ठ, हरि वंश आचार्य, नरेन्द्र कंशाकार, किरण केसी, शिव हरि पौडेल, मोहित श्रेष्ठ, योमन श्रेष्ठ, राजाराम पौडेल, माण्डवी त्रिपाठी र रुद्र अधिकारी रहेका छन् । कार्यक्रम पोखरामा फागुन १३ गते, भैरहवामा १४ गते, धनगढी – १६ गते, महेन्द्रनगर – १७ गते, नेपालगञ्ज – १८ गते, बुटवल – १९ गते, सौराहा, चितवन – २० गते, विराटनगर – २२ गते, विर्तामोड – २३ गते र धरान – २४ गतेका दिन आयोजना हुने छ ।
रोयल ट्रेजरको प्रस्तुति रहेको यस मह यात्रा–२०७३ मा होटल संघ नेपालको समेत सहभागिता रहेको छ । नगद संकलन गर्ने उद्देश्य राखिएको यस कार्यक्रमार्फत उठ्ने रकमबाट होटल संघ नेपालको क्षेत्रीय खण्ड अन्र्तगतका अतिथि सत्कार उद्योगहरुको सुधार एवम् उत्थान गरिने छ । जसका लागि यस्ता उद्योगहरुमा कार्यरत् कर्मचारीहरुलाई आवश्यक तालिम एवम् छात्रवृत्ति समेत उपलब्ध गराइने योजना रहेको छ ।

मह यात्रा हिमालयन डिष्टीलरी

विशेष