खेल

केन्याविरुद्धको खेलका लागि छानिए १९ खेलाडी, अभ्यासका लागि भारत जाँदै

केन्याविरुद्धको खेलका लागि छानिए १९ खेलाडी, अभ्यासका लागि भारत जाँदै
फागुन – १० । आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्याविरुद्धको नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । केन्याविरुद्धको खेलका लागि आईसीसीका प्रतिनिधि ब्याङकेटपती राजु, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्कासहितको छनोट समितिले नेपाली टोलीमा १९ खेलाडी छनोट गरेको हो । खेलाडी तीन अभ्यास खेलका लागि आगामी शुक्रबार भारत दिल्ली जाँदै छन् । अस्वस्थताका कारण कप्तान पारस खड्का भारतको अभ्यास खेलमा सम्मिलित हुने छैनन् । नेपालका अभ्यासमा खेलमा भने उनी सहभागी हुनेछन् । क्लोज क्याम्पमा रहेका २४ खेलाडीबाट १९ जना खेलाडी छनौटमा परेका हुन् । भारतमा हुने अभ्यास खेलपछि अन्तिम टोली छनौट गरिने छ । खेलाडी छनौट गर्न गएको माघ ६ गतेदेखि ११ गतेसम्म सुपर लिग खेल खेलाइएको थियो ।
को-को परे १९ खेलाडीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, दिलिप नाथ, मेहबुब आलम, करण केसी, आशिफ शेख, सागर पुन, भुवन कार्की र शरद भेषावकर रहेका छन् । त्यस्तै शक्ति गौचन, अभिनाश कर्ण, सोमपाल कामी, सुनिल धमला, दिपेन्द्र सिंह ऐरी, बसन्त रेग्मी, राजेश पुलामी मगर, बिनोद भण्डारी र सन्दिप लामिछाने रहेका छन् । दिपेश श्रेष्ठ, कुशल भुर्तेल, बिक्रम शोब, अमित श्रेष्ठ र सुसन भारी भने अन्तिम १९ बाट बाहिरिए ।

Cricket Toli

विशेष