बाघको आक्रमणबाट घाइते

फागुन - १० । स्याङ्जाको कालिकाकोट गाविस–७ आङभाङमा मंगलबार बाघको आक्रमणबाट स्थानीय हुमकान्त चापागाई घाइते भएका छन् ।
प्रहरी कार्यालय वालिङका अनुसार घर नजिकैको बारीमा काम गर्ने क्रममा ६० वर्षीय चापागाईलाई बाघले आक्रमण गरेको थियो ।
बाघको आक्रमणबाट टाउको र अनुहारमा चोट लागेर गम्भीर घाइते भएका चापागाईको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । रासस
घाइते