समाज

निर्वाचनको मिति घोषणा भएकोमा चीन खुसी

निर्वाचनको मिति घोषणा भएकोमा चीन खुसी
फागुन - १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मंगलबार बिहान उनकै निवास बुढानीलकन्ठमा नेपालका लागि चिनियाँ राजदूत यू होङले शिष्टाचार भेटघाट गरेकी छन् । नेपाल र चीनबीचको आपसी सहयोग र सदभावपूर्ण सम्बन्ध तथा समसामयिक विषयमा भेटघाटकेन्द्रित भएको भेटपछि कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । भेटका अवसरमा राजदूत होङले नेपालमा स्थानीय तहको निर्वाचनको मिति घोषणा भएकोमा खुसी व्यक्त गर्दै नेपालको पर्यटन, कृषि, विद्युत्लगायतका क्षेत्रमा विकासका लागि सहयोग पुर्‍याउन चीन इच्छुक रहेको धारणा व्यक्त गरिन् । उक्त अवसरमा सभापति देउवाले आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष रहेकाले स्थानीय तहको निर्वाचन गरिनु अपरिहार्य रहेको बताउँदै संविधान संशोधनका लागि संसदमा पेस भएका संशोधन प्रस्ताव पारित हुने र तराईकेन्द्रित दलहरुको भावनासमेत सम्बोधन हुने विश्वास व्यक्त गरे । उनले नेपालको विकासमा चीन सरकार र त्यहाँका जनताबाट प्राप्त निरन्तर सहयोग र सद्भावको हार्दिक सह्राना पनि गरेको मुख्यसचिव पौडेलले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Nepal China

विशेष