खेल

बुढासुब्बा गोल्डकपः पुलिस सेमिफाइनलमा प्रवेश

बुढासुब्बा गोल्डकपः पुलिस सेमिफाइनलमा प्रवेश
फागुन - १० । नेपाल पुलिस क्लब धरानमा जारी १९औ बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा कञ्चनजंघा फुटबल क्लबलाई ३–२ गोलअन्तरले हराउँदै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो । पुलिसको जितमा अभिषेक रिजालले दुई र मानबहादुर परियारले एक गोल गरेका हुन् । कन्चनजंघाका लागि निवस राना र कञ्चन थापाले एक-एक गोल गरे पनि जितेका लागि पर्याप्त भएन । फाइनल प्रवेशका लागि पुलिसले बिहिबार धरान फुटबल क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।

विशेष