मनोरञ्जन

डेनीले तिरे २९ लाख भारू

डेनीले तिरे २९ लाख भारू

फागुन ११ । प्रख्यात अभिनेता डेनी डेन्जुपा कर छलीको आरोपमा फन्दामा परेका छन् ।

मुम्बईको अन्धेरी वेस्टबाट गतहप्ता उनको रेन्जरोभर गाडी नियन्त्रणमा लिएको थियो । डेनीले २९ लाख ५६ हजार २ सय ३० भारु जरिवाना तिरेपछि भोलिपल्ट गाडी फिर्ता लिएका थिए । महाराष्ट्र राज्यले लक्जरी कारमाथि सडक करका रुपमा गाडिको मूल्यको २० प्रतिशत कर असुल्ने गरेको छ ।

त्यसैले धेरै कारधनीले लक्जरी कार किन्दा जम्मा २५ हजार भारु तिरे पुग्छ । डेनी सिक्कीमका नागरिक हुन । त्यसैले उनले गाडीको दर्ता सिक्कीममै गराउनु स्वभाविक हो ।

तर उनले महाराष्ट्र सरकारलाई करको चिट देखाउन नसक्दा उनी जरिवानमा परेका हुन् । डेनीको कारको मूल्यको २० प्रतिशत कर २४ लाख र एक वर्षको विलम्ब शुल्क ५ लाख गरेर २९ लाख भारु महाराष्ट्र सरकारलाई तिरेका हुन् ।

Deny Dezuppa

विशेष