स्वास्थ्य

यसरी गर्नुहोस् आफ्नो यौनांगको हेरचाह

यसरी गर्नुहोस् आफ्नो यौनांगको हेरचाह

 यौनागंलाई सफा गर्दा बाहिरी भाग मात्र सफा गर्नुपर्छ । भित्री भाग पुछ्ने र पानी हाल्ने गर्नुहुँदैन । यसो गरेको खण्डमा यौनांगमा समस्या उत्पन्न हुने र विभिन्न संक्रमण देखिनसक्छन् ।

महिलाहरुले नुहाईसकेपछि यौनांगलाई सधै सुख्खा हुने गरी पुछ्नुहुँदैन । नरम छाला भएका कारण घाउ हुन सक्छ । यौनसम्पर्कका बेला पिसाब गर्न जानुभन्दा यौनसम्पर्क गरिसकेपछि मात्र पिसाब फेर्न जानुपर्छ । घेरै कपडा लगाउने र ज्यानै गुम्स्यार सुत्नुहुँदैन । राति सुतेको समयमा कटनको अण्डपवेर मात्र लगाएर सुत्नुपर्छ । जसले गर्दा यौनांगलाई असर गर्दैन ।

जहिले पनि यौनांग सफा गर्दा बारम्बार साबुनको प्रयोग गर्नु हुँदैन । यस्ता साबुनको प्रयोगले यौनांगलाई असर गर्छ । आजकल युवायुवती दुवैले शारीरिक व्यायाम गरेको पाइन्छ । यसरी व्यायाम गरेर भिजेको अण्डरवेरहरु धेरैबेरसम्म लगाइरहनु हुँदैन । यसैगरी यौनांगको सुरक्षाका लागि नरम सिटको व्यवस्था गर्नुपर्छ ।

यौनांगमा समस्या आएको खण्डमा भन्न लजाएर बस्ने चलन छ, यस्तो कार्य कहिल्यै गर्नु हुँदैन । समस्या आउनासाथ चिकित्सकको परामर्श लिई उपचार गराउनपर्छ ।

यौनांगमा धेरै सुक्खापन आएको छ भने नरिबलको तेल लगाउन सकिन्छ । यसले नरम र स्वस्थ्य राख्न मद्दत गर्छ । दही खानाले यौनांगमा हुने व्याक्टेरिया सन्तुलनमा राखी स्वस्थ्य बनाउँछ ।

ससेनिटरी प्याड दिनमा चार देखि छ पटक सम्म परिवर्तन गर्नु पर्छ ।  पिसाब फेर्दा विस्तारै छाड्दै फेर्देै गर्नुपर्छ । यसले पाठेघरको मांसपेशीलाई फाइदा गर्छ ।

Woman Health

विशेष