समाज

सिराहामा ट्याक्टर दुर्घटना चार जनाको मृत्यु

सिराहामा ट्याक्टर दुर्घटना चार जनाको मृत्यु
फागुन ११ । सिरहाको छुट्टाछुट्टै स्थानमा भएको ट्याक्टर दुर्घटनामा चार जनाको ज्यान गएको छ । पिप्रा प्रपी ५ को कमला नहरको किनारमा मंगलबार राति प्रित कम्पनीको अनटेष्ट ट्याक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । ज्यान जानेमा स्थानीय १८ बर्षीय रुपेश यादव, हरेराम यादव र १७ बर्षीय नितेश यादव रहेको प्रहरीले जनाएको छ। नितेशको उपचारको क्रममा जिल्ला अस्पताल सिरहामा ज्यान गएको हो भने दुईजनाको घटनास्थलमै ज्यान गएको जनाएको छ । त्यसैगरी, पूर्वपश्चिम लोकमार्ग अन्तर्गत चोहर्वामा भएको ट्याक्टर दुर्घटनामा एकजनाएको ज्यान गएको छ ।

Accidnet

विशेष