समाज

नेपाल पत्रकार महासंघमा फेरि तालाबन्दी, दुई पत्रकार आमरण अनशनमा

नेपाल पत्रकार महासंघमा फेरि तालाबन्दी, दुई पत्रकार आमरण अनशनमा

फागुन ११ । नेपाल पत्रकार महासंघले विधि, विधान र प्रक्रिया विपरित राजनीतिक भागबन्डाका आधारमा सदस्यता वितरण तत्काल रोक्न माग गर्दै दुईजना पत्रकारले महासंघको केन्द्रीय कार्यालयमा आमरण अनशन सुरु गरेका छन् ।

महासंघका पाँचथर सभापति लवदेब ढुंगाना र इलामका सदस्य प्रेम अधिकारीले बुधबार विहान देखि केन्द्रीय कार्यालयमा तालाबन्दी गरी आमरण अनशन सुरु गरेका हुन् ।

पछिल्ला दिनहरुमा पत्रकार महासंघमा चरम राजनीतिकरण बढेको र सदस्यता वितरणमा मनमरी हुन थालेको भन्दै चार बुदे माग राखेर उनीहरुले केन्द्रीय कार्यालयको मुलढोकामा तालाबन्दी गरी कार्यालयकै परिसरमा अनसन सुरु गरेको बताए ।

उनीहरुले राजनैतिक भागबन्डाका आधारमा सदस्यता वितरण रोक्न, जिल्ला शाखा र प्रतिष्ठान शाखाको अधिवेशन तत्काल रोक्न, विधानविपरित बाहिरबाट ल्याइएका नयाँ सदस्यता र नविकरण कार्य फिर्ता गरी विधान बमोजिम नयाँ सदस्यता, नविकरण र स्थानान्तरणको अन्तिम टुङ्गो लगाएपछि मात्र अधिवेशन ६ महिना अघि तोक्न माग गरेका छन् ।

यसअघि पनि नेपाल प्रेस युनियनले केन्द्रीय कार्यालयमा तालाबन्दी गरी तीनदिन पछि सहमतिमा खुलाइएको थियो ।

nepal patrakar mahasang

विशेष