समाज

तेस्रोलिङ्गी विवाहलाई मान्यता दिनुपर्ने

तेस्रोलिङ्गी विवाहलाई मान्यता दिनुपर्ने

फागुन ११ । समलिङ्गी तथा तेस्रोलिङ्गीको विवाहलाई कानुनले मान्यता दिनेखालकोे ऐन ल्याउनुपर्ने उनीहरुले राज्यसँग माग गरेका छन् ।

नीलहिरा समाज विराटनगरले आयोजना गरेको कार्यक्रममा समलिङ्गीको विवाहलाई कानुनी मान्यता नदिँदा लुकेर बस्नुपर्ने बाध्यता रहेको जानकारी दिँदै उनीहरुले तत्काल मान्यता हुनेखालको ऐन ल्याउनुपर्ने माग गरेका हुन् ।

नीलहिरा समाजका कार्यक्रम संयोजक मुस्कान श्रेष्ठले मोरङमा ११ हजारको सङ्ख्यामा समलिङ्गी तथा तेस्रोलिङ्गी रहेको जानकारी दिँदै समलिङ्गीले पनि महिला पुरुष सरहको विवाह जस्तै मान्यता दिनुपर्ने माग गरे ।

समलिङ्गीको सन्तान नहुने भएको हुनाले धर्म सन्तान राख्न पाउने व्यवस्था ऐनमा उल्लेख गर्नुपर्ने उनको भनाई थियो । निलहिरा समाजका सञ्चार अधिकृत माधव दुलालले कानुनले समलिङ्गीहरुको बीचको विवाहलाई कानुनी मान्यता नदिँदा देशभरी एकसयभन्दा बढी समलिङ्गी जोडी लुकेर बस्नुपरेको अवस्था रहेको जानकारी दिए ।

Samalingi

विशेष