समाज

वन विनास रोक्न लिसो कम्पनीलाई संरक्षण नीति आवश्यक

वन विनास रोक्न लिसो कम्पनीलाई संरक्षण नीति आवश्यक

फागुन ११ । बिगत देखि पश्चिम नेपालका बिभिन्न जिल्लाका सामुदायिक वनमा संचालित लिसो कम्पनीहरुले केही ठाउँको विकासमा योगदान गरेर समुदायका लागि राम्रो काम गरे पनि एकाध स्थानमा गल्ति गर्दा सबै कम्पनीको बदनाम हुने गरेको छ ।

पश्चिम नेपालका जाजरकोट, कालिकोट, रुकुम, सल्यान, डोटी, अछाम लगाएत अधिकांस जिल्लामा अहिले पनि धेरै लिसो कम्पनीहरुले काम गरिरहेका छन् । ती मध्ये केही कम्पनीले छोटो समयमा मुनाफा कमाउने नाममा मापदण्ड विपरीत अबैध रुपमा खोटो संकलन गर्दा नकारात्मक सन्देश फैलिएको हो । केही कम्पनीले एकाध मान्छे र संस्थालाई लाभ दिएर अव्यबस्थित र मापदण्ड भन्दा दोब्बर÷तेब्बर अबैध रुपमा खोटो संकलन गर्दा अन्य मापदण्ड अनुसार काम गर्ने पुराना कम्पनीको बदनाम भएको एक ब्यबसायिले बताए ।

उनले नाम उल्लेख नगर्ने शर्तमा उनले भने–“मापदण्ड विपरीत गतिविधी गर्ने कम्पनीलाई कारबाहीको दायरामा ल्याउनु पर्छ, किनकी त्यसले बन बिनास भएको छ तर, अन्य मापदण्ड अनुसार चलिरहेका कम्पनीलाई सरकारले संरक्षण र प्रोत्सान गर्ने नीति पनि लिनु पर्छ, सबैलाई एउटै दृष्टिकोणले हेर्ने गल्ती गर्नु हुदैन ।”

छोटो समयमा नाफा कमाउन खुलेका कम्पनीका कारण समुदायमा राम्रो योगदान गर्ने अन्य कम्पनी पनि बदनाम हुनु दुखद भएको र सबैलाई एउटै आँखाले नहेर्न र गलत सन्देश प्रवाह नगर्न उनले प्रेस जगत लगाएत सबै सरोकारवालालाई आग्रह गरे । सरकारले जथाभावी उद्योगहरु खोल्न अनुमति दिने तर, संरक्षण नीति नबनाउने हो भने, सुचारु भएका उद्योगहरु पनि धरासायी भई बन्द हुने ब्यबसायीहरु बताउ छन् । सामुदायिक वनमा लिसो कम्पनीको अस्वस्थ प्रतिस्पर्धा र एक अर्को समुह तान्ने गलत प्रबृतिले केही कम्पनीले मापदण्ड विपरीत काम गरि बदनाम भएको र मिडियाले पनि सत्यतथ्य जबुझी सबै कम्पनीको बदनाम गर्ने ढंगले समाचार प्रवाह गर्नु झनै दुखद भएको सामुदायीक वनका पदाधिकारी बताउछन् ।

केही पुराना कम्पनीले स्थापनाकाल देखि अहिले सम्म समुदायमा राम्रो काम गर्नुका साथै सरकारलाई राजस्व तिरेर ग्रामीण स्तरमा रोजगारी सिर्जना गरी सकारात्मक काम गरेका छन् । पहिले देखि काम गरिरहेका बंगलामुखी रोजीन, गंगा रोजिन, स्वस्तिक रोजिन लगाएतले सरकारलाई राजस्व तिर्नुका साथै समुदायमा रोजगारी सिर्जना गरी समुदायको संस्थागत विकासमा राम्रो योगदान गरेको जाजरकोट काकीगाउँका प्रशोधन केसीले बताए । सामुदायिक बनको कार्ययोजना अनुसार चलेका यी कम्पनीले अबैध खोटो संकलन नगरेको स्थानियको भनाई छ ।

खासगरी पुराना कम्पनी भन्दा पनि ६० साल पछि छोटै समयमा धेरै मुनाफा कमाउन खुलेका लिसो कम्पनीले मापदण्ड विपरीत र अबैध खोटो संकलन गरिरहेका छन् । अन्तर्राष्ट्रिय मार्केटसंग प्रतिस्पर्दा गर्नु परेकाले सरकारवाट यस्ता उद्योगलाई संरक्षणको नीति आबश्यक रहेको बंगलामुखी रोजीनका प्रबन्ध निर्देशक शुक्र चौधरीले वताए ।

संचालित लिसो कम्पनीलाई संरक्षण, प्रोत्सान र अनुगमन नगर्ने हो भने, एकातर्फ बन बिनास हुन्छ भने, अर्को तर्फ उद्योग बन्द गर्नु पर्ने अबस्था आउने ब्यवसायीहरुको भनाई रहेको छ ।

Liso in Jajarkot

विशेष