इतिहासमा आज

ओलीले मनाए भकुण्डे केक काटेर ६६ औं जन्मदिन

ओलीले मनाए भकुण्डे केक काटेर ६६ औं जन्मदिन
फागुन ११ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो ६६ औं जन्मदिन आफ्नै निवास बालकोटमा मनाएका छन् । उनको जन्मदिनमा शुभकामना दिन पार्टीका नेता र कार्यकर्ता बालकोट उनकै निवासमा पुगेका थिए । जन्मदिनको अवसरमा उनले गोलाकार केक बनाएर मनाएका थिए । यस्तो छ उनको जीवनी नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली (केपी) को जन्म बाबु मोहनप्रसाद ओली र मधु ओलीको पुत्रको रूपमा वि सं २००७ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा भएको थियो । २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक थिए । पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन विताएका ओलीले २०४८, २०५१ र २०५६ का आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । पहिलो संविधान सभा निर्वाचन २०६४ मा भने उनी झापाको क्षेत्र नं ७ बाट पराजित भए । विसं २०४९ सालमा नेकपा (एमाले)को स्थायी कमिटी सदस्य भएका उनी २०७१ असारमा पार्टीको अध्यक्ष निर्वाचित भएका हुन् । दोश्रो संविधानसभा निर्वाचन २०७० मा उनी झापा क्षेत्र नं ७ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित ओली नेकपा (एमाले)को संसदीय दलका नेता पनि हुन् । ओली हाल अनन्तलिङ्गेश्वर नगरपालिका–२, बालकोट, भक्तपुरका स्थायी वासिन्दा हुन् ।

KP Oli

विशेष