देश

मोर्चाले गरेको बन्दको प्रभाव मोरङमा

मोर्चाले गरेको बन्दको प्रभाव मोरङमा
फागुन - ११ । मधेसी मोर्चाको आह्वानमा गरिएको बन्दको प्रभाव मोरङमा देखापरेको छ । मोर्चाले स्थानीय निर्वाचनको तिथि घोषणा भएको विरोधमा बुधबार बन्दको आह्वान गरेको हो । बन्दका कारण विराटनगरबाट छोटो तथा लामो दूरीका सार्वजनिक यातायातका सेवाहरु ठप्प रहेका छन् भने मोटरसाइकल र सिटी सफारीहरु फाटफुट रुपका कुदिरहेका देखिन्छन् । सो बन्दको प्रभाव शिक्षण क्षेत्रमा पनि परेको छ । अधिकांश निजी विद्यालय बन्द रहेका छन् । यसैबीच, जिल्ला प्रहरी कार्यालय, मोरङले बन्दको क्रममा अहिलेसम्म कुनै अप्रिय घटना नभएको जनाएको छ ।

मोर्चा

विशेष