खेल

म्यानचेस्टर सिटीको उत्कृष्ठ खेल, ५–३ ले विजयी

म्यानचेस्टर सिटीको उत्कृष्ठ खेल, ५–३ ले विजयी
फागुन–११ । च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ । सिटीले मोनाकोलाई नकआउट चरणको पहिलो लेगमा ५–३ गोलले पराजित गरेको हो । सिटीको जितको लागि अग्युरोले २ तथा रहिम, स्टोन्स र सेनले १–१ गोल गरे । मोनाकोको लागि राडमेल फाल्कोले २ तथा मबपिले १ गोल गरेपनि जितको लागि पर्याप्त रहेन । खेलको २६ औं मिनेटमा रहिम स्टेर्लिङले गोल गर्दै सिटीलाई सुरुवाति अग्रता दिलाएका थिए । तर त्यसको चार मिनेटमै मोनाकोका फाल्कोले बराबरी गोल फर्काए । खेलको ४० औं मिनेटमा मोनाकोको लागि मबपिले गोल गरेपछि पहिलो हाफमा मोनाको २–१ ले अगाडि थियो । तर दोस्रो हाफमा भने सिटीले चार गोल थप्दै जित दर्ता गर्यो । सिटीका लागि सर्जियो अग्युरोले दोस्रो हाफको २३ मिनेट भित्र २ गोल गरे । उनले खेलको ५८ र ७१ औं मिनेटमा गोल गरे । ३–३ गोलको अवस्थामा खेल पुगेपछि जोन स्टोन्सले ७७ र लेरोए सानेले ८२ मिनेटमा गोल गरेपछि सिटीले खेल आफ्नो पक्षमा पार्यो ।

च्याम्पियन्स लिग मोनाको म्यानचेस्टर सिटी

विशेष