खेल

एथ्लेटिको नकआउट चरणको पहिलो लेगमा ४–२ ले विजयी

एथ्लेटिको नकआउट चरणको पहिलो लेगमा ४–२ ले विजयी
फागुन–११ । च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको खेलमा एथ्लेटिको मड्रिड विजयी भएको छ । लिगअन्तर्गत नक आउट चरणको पहिलो लेगमा एथ्लेटिकोले बायर लेभरकुसेनलाई ४–२ ले हराएको छ । एथ्लेटिको मड्रिडका लागि साउल निगुज, एन्टोनी ग्रिजम्यान, गमिरो र पर्नान्डो टोरेसले १–१ गोल गरे । दोस्रो हाफमा केही आक्रमक देखिएको लेभरकुसेनको लागि करिम बेलराबी र स्टफन साविकले १–१ गोल मात्र फर्काउन सफल रहे । निगुजले १७ औं मिनेटमा गोल गर्दै एथ्लेटिकोको लागि सुरुवाति अग्रता दिलाए । त्यसको ८ मिनेटपछि ग्रिजम्यानले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफमा २–० ले पछि परेको लेभरकुसेनको लागि खेलको ४८ औं मिनेटमा बेलराबीले पहिलो गोल गरे । तर एथ्लेटिकोले पाएको पेनाल्टीको सदूपयोग गर्दै गमिरोले अग्रता ३–१ को बनाए । त्यसको केही मिनेटपछि लेभरकुसेनका लागि स्टेफनले गोल गरेपनि ८६ औं मिनेटमा टोरेसले गोल गर्दै एथ्लेटिकोलाई४–२ को जित दिलाए ।

एथ्लेटिको मड्रिड च्याम्पियन्स लिग बायर लेभरकुसेन

विशेष