मनोरञ्जन

७ वर्ष कान्छा प्रेमीसँग विवाह गर्दै कमेडियन भारती सिंह, विवाहको लागि १ महिनाको ब्रेक

७ वर्ष कान्छा प्रेमीसँग विवाह गर्दै कमेडियन भारती सिंह, विवाहको लागि १ महिनाको ब्रेक
फागुन ११ । भारतकी बहुचर्चित कमेडियन भारती सिंह विवाह बन्धनमा बाधिन लागेको खबरले बलिउड तातेको छ । भारती यही वर्ष विवाह बन्धनमा बाँधिने तयारीमा छिन् ।
उनी आफूभन्दा ७ वर्ष कान्छा प्रमी हर्ष लीमभाचियासँग विवाह बन्धनमा बाधिन लागेको खबरले बलिउड तातेको हो । हर्ष र भारती लामो समयदेखि नै प्रेम सम्बन्धमा रहेका छन् । यी दुबैजना अहिले आफ्नो सम्बन्धलाई माथिल्लो उचाईमा लैजाने सोचमा छन् । भारतीय सञ्चार माध्यमका अनुसार विवाहको मिति अहिलेसम्म तोकिसकेको छैन । तर, यो वर्षको नोभेम्बर र डिसेम्बरसम्ममा विवाह गर्ने प्लानिङ भएको भारतीको भनाई छ । भारतीले एक भारतीय मिडियामा दिएको अन्तर्वार्तामा आफू विवाहको कुराले एकदमै उत्साहित भएको बताएकी छिन् । भारतीले विवाहको लागि एक महिना ब्रेक लिन लागेको बताइएको छ । भारती र हर्ष दुबै हास्यक्षेत्रमा संलग्न छन् । जहाँ भारती कमेडियन छिन् त्यहाँ हर्ष स्कृप्ट लेखक हुन्छन् । उनीहरु दुबै सँगै टिभी सो ‘कमेडि सर्कस’ मा काम गरिरहेका छन् ।

Comedian Varati Shing

विशेष