मनोरञ्जन

टुट्यो नागर्जुनका छोराको विवाह, रोममा भएको तयारी स्थगित

टुट्यो नागर्जुनका छोराको विवाह, रोममा भएको तयारी स्थगित
फागुन ११ । दक्षिण भारतका चर्चित अभिनेता नागार्जुनका कान्छा छोरा अखिल अक्किनेनी र उनकी प्रेमिका श्रीया भूपलसँगको विवाह नहुने भएको छ । अखिल र श्रीया दुबैजना केही वर्षअघिदेखि नै प्रेम सम्बन्धमा थिए । उनीहरुबीच २०१६ डिसेम्बर ९मा इन्गेजमेन्ट भएको थियो । श्रीया भूपल बिजनेस टाइकून जीवीके रेड्डीकी नातिनी हुन् । भारतीय संचार माध्यमका अनुसार नागार्जुन र जीवीकेले दुवैलाई सम्झउनका लागि काउन्सीलिङ पनि गरेका थिए । तर, अखिल र श्रीयाले विवाह नगर्ने नै निर्णय गरे । उनीहरु दुबैको विवाह इटलीमा हुने बताइएको थियो । विवाहमा करिब ७ सय पाहुना भारतबाट इटली जाने तयारीमा थिए । इटलीको रोममा दुबैको विवाह हुने तयारी थियो । दुबैले विवाह नगर्ने टुंगो लगाएपछि आफन्तहरुलाई टिकट स्थागित गर्न अखिल र श्रीयाका आफन्तले सुझाएका छन् । अचानक टुटेको यो इन्गेजमेन्टको पछाडिको कारण भने बाहिरिएको छैन । उनीहरुको विवाहको इटलीमा पूर्ण रुपमा तयारी भइसकेको थियो । होटल र ट्राभल बुकिङको काम पनि सकिएको थियो । तर, विवाह नहुने खबर आउने बित्तिकै गत शनिबार सबै आफन्तजनहरुलाई टिकट स्थागित गर्न लगाइएको हो ।

नागार्जुन

विशेष