खेल

शेख कप फुटबलको दोस्रो खेलमा मनाङ ३–१ ले पराजित

शेख कप फुटबलको दोस्रो खेलमा मनाङ ३–१ ले पराजित
फागुन–११ । बंगलादेशमा जारी शेख कमल अन्तराष्ट्रिय क्लब कप फुटबलको दोस्रो खेलमा मनाङ–मस्र्याङदी पराजित भएको छ । मनाङ बुधबार भएको खेलमा अफगानी टोली सहिन अस्मायीसँग ३–१ ले पराजित भएको हो । सहिन अस्मायीको लागि कप्तान अमिराडिन सारिफिले ह्याट्रिक गोल गर्दै जित दिलाए । उनले ३८, ६५ मा तथा ७५ औं मिनेटमा पाएको पेनाल्टीको सदूपयोग गर्दै मनाङको गोलपोस्टमा तीन पटक जाली चुमाए । नेपालको लागि भने ७२ औं मिनेटमा विमल बस्नेतले हेड मार्फत एक गोल मात्र फर्काउन सफल भए । समूह ‘बी’ मा रहेको मनाङले यसअघि आईतबार भएको पहिलो खेलमा बंगलादेशकाे मोहमडन स्पोर्टिङलाई २–० ले पराजित गरेको थियो । समूह ‘बी’ को शीर्ष स्थानमा रहेको मनाङले अब अन्तिम खेल शुक्रबार चित्तागोङ अबहानीको सामना गर्दैछ ।

बंगलादेश मनाङ मस्र्याङदी शेख कमल अन्तराष्ट्रिय क्लब कप फुटबल सहिन अस्मायी

विशेष