समाज

भूकम्पपीडित रामप्यारीको प्रश्नः टहराको बास कहिलेसम्म ?

भूकम्पपीडित रामप्यारीको प्रश्नः टहराको बास कहिलेसम्म ?
फागुन - ११ ।  महादेवस्थान नगरपालिका– ७ कुन्ताका रामप्यारी राई दनुवारले भूकम्पपछि ऋण गरेर श्रीमान्को मुटुको शल्यक्रिया गराइन्। भूकम्पबाट घाइते सासूको उपचार जारी छ । भएको सम्पत्ति श्रीमान् र सासूको उपचारमा सकिएपछि उनले अहिलेसम्म घर निर्माण गर्न सकेकी छैनन्। रामप्यारीका श्रीमान् हीरा पहिलेदेखि नै मुटुका रोगी थिए। उनकी सासूलाई बाथ रोगका कारण बाहिरभित्र गर्न बैसाखीको सहारा चाहिन्छ। त्यसैले घरको सम्पूर्ण जिम्मेवारी रामप्यारीको काँधमा छ । “जेठी छोरी अपाङ्ग भएका कारण घरमै छन्, छोरा र छोरी पढाउने जिम्मेवारी पनि मेरै काँधमा छ,” उनले पीडा सुनाइन्। भूकम्पपछि उनको घर पूर्णरुपमा क्षति भइसकेको छ । सासूले आँखा देख्न नसक्ने भएपछि उनी आफैँंले डोहोर्‍याएर भित्रबाहिर गराउँदै आउकी छन्। “टहरामा निकै चिसो हुन्छ, रातभर लगलग कामेर बस्छु,” रामप्यारीका सासूले भनिन्– “टहराको बास कहिलेसम्मरु” बुहारीले ऋण गरेर ल्याएको पालले बेरिएको टहरामा बस्दै आएको उनी बताउँछिन्। “सासूकै इच्छा पुरा गर्न नयाँ घर निर्माण गर्ने योजना बनाएका छौँ,” रामप्यारीले भनिन्। सरकारले उपलब्ध गराएको ५० हजारले नयाँ घर बनाउन सम्भव छैन । जग्गा धितो राखेर ऋण निकाल्न खोजेपनि नपाएपछि उनको नयाँ घर निर्माण गर्ने योजना अधुरै छ।

भूकम्पपीडित रामप्यारी

विशेष