समाज

महाशिवरात्रिको तयारी पूरा, पास र टिकेट काटेर छिटो दर्शन गर्ने व्यवस्था हटाइयो

महाशिवरात्रिको तयारी पूरा, पास र टिकेट काटेर छिटो दर्शन गर्ने व्यवस्था हटाइयो
फागुन ११ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको अवसरमा टिकट काटेर छिटो दर्शन गर्ने व्यवस्था हटाएको छ । कोषले बुधबार पत्रकार सम्मेलन गरी हजार रुपैयाँको टिकट र विशेष पासको व्यवस्था हटाइएको जानकारी दिएको हो । टिकट र विशेष पासले भगवानको दर्शनमा विभेद गरिएको आभास भएकाले त्यस्तो व्यवस्था खारेज गरिएको कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले बताए । पत्रकार सम्मेलनमा यही फागुन १३ गते पर्ने महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको र यसपटक महाशिवरात्रिमा विशेष पूजाको व्यवस्था पनि स्थगित गरिएको जानकारीसमेत दिइयो । महाशिवरात्रीको अघिल्लो दिनदेखि पशुपतिनाथ क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त विशेष सुरक्षा व्यवस्था मिलाइएको जानकारी पनि कोषले दिएको छ । उक्त दिन पशुपतिनाथ मन्दिरको उत्तर, पश्चिम र दक्षिणढोका बिहान साढे तीन बजेदेखि नै खुला रहनेछन् भने साधु–सन्तहरुलाई गाँजा तथा भाङ दर्शनार्थीहरुलाई बिक्री–वितरण गर्न पनि रोक लगाइएको छ । यसपटक महाशिवरात्रिमा १३ लाख दर्शनार्थीहरु पाशुपत क्षेत्रमा पुग्ने र तीमध्ये आधाभन्दा बढीले मन्दिरमा दर्शन गर्ने अनुमान पशुपति क्षेत्र विकास कोषको रहेको छ ।

पशुपति महाशिवरात्रि

विशेष