बुढासुब्बा गोल्डकप : संकटा फाइनलमा प्रवेश

फागुन–११ । संकटा क्लब धरानमा जारी १९ औं बुढासुब्बा फुटबलको फाइनलमा प्रवेश गरेको छ । खेलमा रुपन्देही ११ लाई २–१ गोल अन्तरले हराउँदै संकटा फाइनलमा पुगेको हो ।
बुधबार भएको खेलमा संकटाको लागि अनिल गुरुङले २ गोल गरे । रुपन्देहीका लागि दीपक राईले एक गोल मात्र फर्काउन सफल भए । दोस्रो सेमिफाइनल खेलमा बिहीबार आयोजक धरान र नेपाल पुलिस क्लब मैदानमा उत्रिनेछन् ।
धरान
बुढासुब्बा गोल्डकप
संकटा क्लब