खेल

च्याम्पियन्स लिगमा युभेन्टस र सेभिया विजयी

च्याम्पियन्स लिगमा युभेन्टस र सेभिया विजयी
फागुन १२ । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गए राती भएका खेलमा ईटालीको युभेन्टस र स्पेनको सेभिया विजयी भएका छन् । पोर्चुगलमा भएको खेलमा युभेन्टसले स्थानीय टोली एफ.सी पोर्टोलाई २–० ले हरायो । खेलमा युभेन्टसलाई विजयी गराउन मार्को पियाचा र ड्यानी आल्भेसले एक–एक गोल गरे । च्याम्पियन्स लिग राउन्ड अफ सिक्सटिन अन्तर्गत गएराति नै भएको अर्को खेलमा स्पेनको सेभियाले इङ्ल्यान्डको लेस्टर सिटीलाई २–१ ले हराएको छ । हारसँगै लेष्टर सिटीको लागि अर्को चरण प्रवेशको सम्भावना कठिन बनेको छ ।

Champions Leauge

विशेष