
फागुन १२ । स्पेनिस ला लिगामा लिग लिडर रियल मड्रिड भ्यालेन्सियासँग २–१ ले पराजित भएको छ ।
एक खेल कम खेलेको रियल बार्साभन्दा १ अंकले मात्र अघि छ । खेलको ९ मिनेटभित्रै २ ० ले पछि परेको रियलले त्यसपछि एक गोलमात्र फर्काउन सक्यो ।
ष्टियानो रोनाल्डोले ४४औं मिनेटमा गोल गरे पनि त्यो बराबरीका लागिसमेत पर्याप्त भएन । चौँथो मिनेटमा सिमोनी जाजाको गोलबाट घरेलु टोलीले लिएको अग्रता नवौँ मिनेटमा फ्याविन ओरेल्लानाले दोब्बर पारेका थिए । भ्यालेन्सिया २६ अंक सहित तालिकाको १४औं स्थानमा ।
लिग लिडर रियलले ५२ अंक जोड्दा दोस्रो स्थानको बार्सिलोनाको ५१, तेस्रो स्थानको सेभियाको ४९ र चौँथो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ४५ अंक छ ।
la liga