'एक पार्टी कम्युनिष्ट राज्य सत्ता' भएको भियतनामले पुँजीवाद र खुला आर्थिक नीतिबाट यसरी फाइदा लिँदै छ
डा अंगराज तिमिल्सिना
पोहोर साल डा स्वर्णीम वाग्लेले भियतनामको आर्थिक प्रगतिका बारे "ससुराली आउन पनि अब त लाज लाग्ने भो" भन्ने घत लाग्दो फेसबूक पोष्ट लेख्नु भएको थियो । गत हप्ता त्यही भियतनाम कामकै सिलसिलामा फेरि देख्ने मौका मिल्यो । वास्तवमै कम्युनिष्ठ भियतनामको उदारवादी अर्थतन्त्र अहिले विश्वमा आँट्यो भने विकास त हुँदो रै'छ त भन्ने गजबको नमूना बन्दै गएको छ । यो वर्षको APEC को आयोजक राष्ट्र भएकाले भियतनामले २०१७ का APEC का विभिन्न बैठक आयोजना गरिरहेको छ र मलाई पनि सुशासन र विकासको एउटा "सिनियर अफिसियल"को बैठकमा बोल्न बोलाएको थियो । अक्सर हामी प्रजातन्त्र भन्ने बित्तिकै राजनीतिक स्वतन्त्रता वा सशक्तिकरण भए पछि मात्रै विकास सम्भव छ भन्ने मान्यता राख्छौं । आर्थिक उदारीकरण, आर्थिक शसक्तिकरण, आर्थिक विकेन्द्रिकरण, विश्व बजारसँगको प्रतिस्पर्धा, बैदेशिक लगानी भित्र्याउने क्षमता आदि पनि प्रजातन्त्र र सुशासनकै पाटो हुन भन्ने कुरा बिर्सिन्छाैँ । राजनीतिक सशक्तिकरणका हिसाबले नेपाल निक्कै उदारवादतिर गएको छ । तर, नेपालका कम्युनिष्टदेखि गैर-कम्युनिष्टसम्मले दलाल पुँजीवादको राजनीति परिभाषा र समाजवादी क्रान्तिको औचित्य प्रष्ट्याउनमै गत ७ दसक खर्चिएका छन् । दलाल भन्ने शब्द (चाहे पुँजीवाद होस् वा राजनीति) अहिले खुब चर्चामा छ नेपालमा । "एक पार्टी कम्युनिष्ट राज्य सत्ता" भएको भियतनामले पुँजीवाद र खुला आर्थिक नीतिको फाइदालाई "मेक्सिमाइज" गर्ने र "बेफाइदालाई "मिनिमाइज" गर्दैअघि बढेको छ भने हामी कहाँ कि त पुँजीवाद दलालवाद नै हो वा पुँजीवाद सर्वाेपरी हो भन्ने अन्धवाद विद्यमान छ । सर्सर्ती के भने हामीले राजनीतिक रुपले मात्र होइन आर्थिक रुपले संघीयतालाई अघि बढाउन सकेनौं भने फेरि कि सिके रावत कि विप्लव माओवादीका राजनीतिक मुद्दामा अल्झिने छौं । सन १९८६ मा "दोइ मोइ" (रिनोभेसन - रिकन्स्ट्रक्स का नामले चिनिने समाजवादी चरित्रको बजारमुखी अर्थतन्त्रका लागि सुरु गरिएको सुधार कार्यक्रम) ल्याए यता चीनकै बाटोमा करीब धेरै वर्षसम्म झण्डै ७ प्रतिशतकै हाराहारीमा आर्थिक वृद्धीदर मात्र कायम भएको छैन । भियतनामले सफलता पूर्वक धेरै मात्रामा विदेशी लगानी भित्राएको छ । आर्थिक विकेन्द्रीकरण गर्न र प्रदेशलाई आफ्नै तरिकाले विकास गर्ने वातावरण बनाउन अघि बढेको छ । बिगतमा कृषिमा आधारित अर्थतन्त्रलाई उद्याेग र सेवा क्षेत्रमा आधारित बनाउन सफल भएको छ । र नीजि क्षेत्र र वैदेशिक लगानीले निर्यात अभिवृद्धिमा ठूलो टेवा पुर्याएको छ । सन् २०१६ मा मात्रै झण्डै १६ अरब डलरको वैदेशिक लगानी भित्रिएकाे भियतनामको गृहस्त उत्पादनमा उद्याेगको हिस्सा ३९ प्रतिशत र सेवा क्षेत्रको हिस्सा ४४ प्रतिशत पुगेको छ । गत २५ वर्षको प्रयासले बिजुलीमा प्राय सबै जनसंख्याको पौंच पुगेको छ । रोड, ऐर्पोर्ट आदिमा उल्लेख्य सुधार आएको छ । आर्थिक वृद्धिदर समग्रमा समानता मूलक रहेकाले चरम गरिबी ५० बाट तीन प्रतिशतमा घटेकाे छ । म अहिलेसम्म ८९-९० देश पुगे । कुनै देशको विकासको अवस्था छिट्टै दुई कुराबाट पत्ता लाग्छ । पहिलो, राष्ट्रिय र अन्तराष्ट्रिय विमानस्थलमा खासै भिन्नता नहुनु । मैले भियतनाममा घरेलु विमानस्थल अन्तराष्ट्रिय विमानस्थल जस्तै सफा र ब्यवस्थित पाएँ । १७ वर्षअघि जाँदा त्यहाँका विमानस्थल हाम्रै जस्ता थिए । गरे त हुँदो रै'छ । तर, हाम्रो एउटै विमानस्थल गत १७ वर्षमा जस्ताको तस्तै छ । दोश्रो कुरा विदेशी बस्ने र स्वदेशी बस्ने दुई खालका होटलको अवस्था जनताको जीवनस्तर बढ्यो भने मेटिदै जाने । म गएको शहर ना ट्रांमा विदेशीसंगसंगै अरु शहरबाट आएका भियतनामीहरु ४-५ तारे होटलमा बसेको देखेँ । हामी कहाँ बिराटनगर वा धनगढीबाट (न कि बिदेशका एनआरएनहरु) काठमाडाैँ आउँदा सिधै सोल्टी वा ह्यातमा गएर बस्न सक्ने हैसियत भएका दिन कहिले आउने ? गत ३-४ दसकमा आर्थिक विकास हाम्रो प्राथमिकतामा परेको भए सायद यी दिन पनि आउथे होला ! भियतनामको यो पालीको बसाईंमा १७ वर्ष पहिलाको जस्तो अजिंगरको माला लगाउने वा अ मेरीकीले युद्दताका गरेका ज्यादतीका संग्राहलय आदि हेर्ने काम गरिएन । तर, धेरै विदेशीबीच लोकप्रिय समुन्द्रको लामो केबल कार चढेर Nha Trang को Vinpearl भन्ने Theme Park चाँही गइयो । अरु भोगेका रोचक कुरा के भने बोर्डिङ पासमा "भिआइपी" छाप हानेको मैले भियतनाममा मात्र पाएँ । अर्थतन्त्र उदारवादी भए पनि सुरक्षा निकायका वर्दीवाललाई हेर्दा स्टालिनको रुसको झलक दिने उनीहरुको बर्दीबाट । जबर्जस्ती हाँस्न लाएर फोटो खिचियो उनीहरुसंग । उसो त ना ट्रांग लगायतका केही शहरहरु र त्यहाँका रिसोर्टहरु रसियाका लागि धेरै लाेकप्रिय रहेछन । ना ट्रांग त साँझतिर रसिया नै हो कि जस्तो देखिने धेरै रुसीहरुको भिडभाडले । राति डिस्कोबाट बाहिर निस्किदै गरेका र रक्सी लागेका अमेरीकन पर्यटक "F** रसियन" र रसियनले "F** अमेरीकन" भनेको सुन्दा शीत युद्धकै झलक दिन्थ्यो । एउटा खट्केको कुरा के भने APEC वा ASEAN का बैठकहरुमा भाग लिँदा हामी सार्क क्षेत्र वालालाई इर्श्या लाग्ने । कुन देश होइन कुन अर्थतन्त्र (इकोनोमी) भनेर परिचय दिनु पर्छ यी बैठकमा । क्षेत्रीय र अन्तराष्ट्रिय आर्थिक अभिबृद्धिका लागि यी संगठनहरु प्रभाबकारी छन भने हाम्रो सार्क भारत र पाकिस्तान दुई देशबिचको राजनीतिको सिकार भएको छ र दक्षिण एसियाको क्षेत्रीय आर्थिक विकास र "इन्टिग्रेसन" प्रभाबित छ । On a lighter note, भियतनामले राम्रै विकास गरी रहे पनि मोटर्बाइक भने राष्ट्रिय पहिचान जस्तै । मोटर साइकल चढ्ने वा प्रयोग गर्नेहरु, विशेष गरी हो चि मिन (साइगन) शहर मा स्याउस्याउती । ठीक त्यसरी नै खेतमा काम गर्दा लगाउने भियतनामी टोपी विश्व प्रख्यात छ । अर्को कुरा डलर चेन्ज गर्दा भियतनाममा आफू एकै चोटी लखपती महसुस हुने । नोट पनि ५ लाखसम्मका । Angaraj Timilsina Vietnam