Technology

एप्पल वाचमा नेपालकै पहिलो एप

एप्पल वाचमा नेपालकै पहिलो एप
फागुन - १२ । एप्पल वाचमा नेपालकै पहिलो एप्लिकेशनका रुपमा हाम्रो पात्रो सर्वाजनिक भएको छ भने आईप्याडमा नयाँ भर्जन अपडेट गरेको छ । नेपाली पात्रोसहित निरन्तर नयाँ र फरक अनुभूति प्रदान गर्ने प्रयास गर्दै आएको हाम्रो पात्रोले आईप्याडमा iOS-Version 4.2.14 भर्जनमा नयाँ अपडेट गरेको हो ।
यो नयाँ भर्जनमा एप्पल वाच र आईप्याडमा पहिलाभन्दा पनि सरल तरिकाले प्रयोग गर्न सकिने कम्पनीले जारीको विज्ञप्तिमा बताइएको छ । यसपटकको यो अपडेटले ष्एजयलभ का हाम्रो पात्रोका प्रयोगकर्तालाई नयाँ अनुभव गराउने हाम्रो पात्रोका संस्थापकको दाबी छ । स्थापक तथा निर्माता शंकर उप्रेतिले भने, यो अपडेट मुख्यतः हाम्रा प्रयोगकर्ताहरुलाई एप प्रयोगका क्रममा फरक अनुभूति दिन सकियोस् भन्ने कुरामा हामी केन्द्रित रह्योँ, अब आईप्यड लगायतमा यसलाई तलमाथि गर्दा ६० फेरेम प्रतिसेकेन्डको गतिमा स्क्रन तलमाथि गर्न सकिने छ । ताजा समाचार झन आकर्षक तथा व्यवस्थित पारिएको छ, ठूला अक्षरमा समाचार पढ्नुको मज्जा, फोटो ग्यालेरीमा देखिने स्तरीय तस्बिर तथा अत्यन्त राम्रो अडियो क्वालिटि सहितका अनलार्इन रेडियोहरू लगायत Android मा भएको ति तमाम सुविधाहरूलार्इ यसले समेटेको कम्पनीकाे भनाइ छ । हाम्रो पात्रोले भाइभरको पब्लिक अकाउण्टको प्रयोग गरी च्याटबुट बनाउन सकिने सिएमसइस प्रविधिसमेत सार्वजनिक गरेको छ । भाइभरमा जोकोहीले पब्लिक अकाउण्ट बनाएर त्यसको एकोहोरो कुराकानीको सुविधालार्इ Interactive बनाउन सकिने, अथवा कुनै ब्राण्ड अथवा उत्पादनका ग्राहकहरू, प्रयोगकर्ताहरू मानवरहित स्वचालित प्रविधिको प्रयोग गर्न सकिनेछ ।

विशेष