समाज

एक करोड ७६ लाखमा बन्यो प्रहरीको भवन

एक करोड ७६ लाखमा बन्यो प्रहरीको भवन
फागुन–१२ । प्रहरी नायब महानिरीक्षक केशरीराज घिमिरेले इलाका प्रहरी कार्यालय, धुलाबारी झापाको नवनिर्मित भवनको उद्घाटन गरे । नेपाल सरकार शान्ति तथा पुनःनिर्माण मन्त्रालय शान्तिकोषको एक करोड ७२ लाख ८४ हजार दुई सय ४० रुपैयाँ र स्थानीयवासीको सहयोग गरी कुल एक करोड ७६ लाख ३५ हजार दुई सय ८३ रुपैयाँ को लागतमा उक्त सुविधासम्पन्न भवन निर्माण भएको हो । स्थानीय राजनीतिक दल, व्यापारी तथा विभिन्न व्यक्ति र सङ्घसंस्थाको सहयोगमा सङ्कलित रकमबाट मेचीनगर–१ मा खरिद गरिएको नौ कट्टा १० घुर जग्गामा ११ कोठे डेढ तले उक्त भवन निर्माण गरिएको निर्माण समितिका संयोजक विष्णु प्रसाईंले बताए ।

झापा प्रहरी भवन

विशेष