खेल

तिलोत्तमा गोल्डकप सुरु, उद्घाटन खेलमा एपिएफ विजयी

तिलोत्तमा गोल्डकप सुरु, उद्घाटन खेलमा एपिएफ विजयी
फागुन–१२ । बुटवलमा बिहीबारबाट तिलोत्तमा गोल्डकपको १९ औं संस्करण सुरु भएको छ । मोफसलको सर्वाधिक धनराशी भएको गोल्डकपको उद्घाटन खेलमा बिहीबार सशस्त्र प्रहरी क्लब एपिएफले विजयी सुरुवात गरेको छ । एपिएफले पाहुना टोली शेरे एफसि क्यालिङपोङलाई १–० ले हराउँदै विजयी सुरुवात गरेको हो । एपिएफको लागि सरोज कोइरालाले २१ औं मिनेटमा हेडिङबाट गरेको गोल निर्णायक बन्यो । उक्त प्रतियोगिता फागुन २१ गतेसम्म चल्ने छ । प्रतियोगितामा अग्नी रुपन्देही ११, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल आर्मी, सिएमजी संकटा क्लव, धरान फुटवल क्लव, एचएम हिमालयन शेर्ष क्लव, रमपम झापा ११, दिल्ली युनाईटेड एफसि र शेरे एफ सि क्यालिङगपोङको सहभागिता छ । विभागीय टिमसहित १० टिमको सहभागिता हुने प्रतियोगितामा विजेताले ५ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट ५ विधाबाट ५ जनालाई नगद १५÷१५ हजार तथा उत्कृष्ट कोचलाई नगद २० हजार रुपैयाँबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन् ।

एपिएफ तिलोत्तमा गोल्डकप बुटवल

विशेष