मनोरञ्जन

सौगात र सृष्टी प्रेममा

सौगात र सृष्टी प्रेममा

फागुन १३ । केही समयअघि पूर्व मिस नेपाल तथा नायिका सृष्टी श्रेष्ठ र अभिनेता सौगात मल्लको प्रेमको हल्लाले सञ्चारमाध्यम पिटेको थियो । यसबारेमा यी दुबैल सञ्चारमाध्यमा आधा कुरा खुलाएपनि अब भने सृष्टीले यसबारे पूर्ण रुपमा मुख खोलेकी छिन् ।

सृष्टीले आफू सौगात मल्लसँगको आकर्षणमा रहेको स्वीकार गरेकी हुन् । अहिले आफूहरु एक अर्कालाई चिन्ने क्रममा रहेको सृष्टीले बताइन् । एक अर्कालाई पूर्ण रुपमा चिनिसकेपछि मात्र प्रेममा परेको भन्न सकिने सृष्टीले बताएकी हुन् ।

भ्यालेनटाइन डेको दिनमा पनि सौगातले सृष्टीलाई वीस गरेको कुरा सृष्टी आफैँले खुलाइन् । यसबारेमा बोल्दै सृष्टीले आफू सौगात मल्ल जस्तो जिम्मेवार पुरुषको प्रेममा पर्नु कुनै ठूलो कुरा नभएको बताइन् ।

अभिनेता सौगात मल्लले पनि केही समय अघि आफू सृष्टीसँग प्रेममा परेको कुरा मिडियामा खुलाइसकेका छन् । साप्ताहिकबाट

विशेष