खेल

लेस्टर सिटीका प्रशिक्षकलाई गरियो बर्खास्त

लेस्टर सिटीका प्रशिक्षकलाई गरियो बर्खास्त
फागुन–१३ । प्रिमियर लिगको विजेता बनिसकेको लेस्टर सिटीले क्लबका प्रशिक्षक क्लाउडियो रानिएरीलाई बर्खास्त गरेको छ । जारी सिजनमा लेस्टर सिटीले खराब प्रदर्शन गरेपछि क्लबले क्लाउडियोलाई बर्खास्त गरेको हो । च्याम्पियन्स लिगमा सेभिल्लासँग २–१ ले पराजित भएपछि उनलाई बर्खास्त गरिएको हो । लेस्टर सिटी यो सिजनमा रेलिगेसन जोन भन्दा एक स्थान मात्र माथि छ । नेतृत्व परिवर्तन अहिलेको आवश्यकता भएकाले क्लाउडियोलाई बर्खास्त गर्नुपरेको क्लबको व्यवस्थापन समितिले बताएको छ । तथापि उनी क्लबको अहिलेसम्मकै उत्कृष्ट प्रशिक्षक रहेका छन् ।

क्लाउडियो रानिएरी प्रशिक्षक बर्खास्त लेस्टर सिटी

विशेष