खेल

१ सय ४ इनिङपछि कोहली ‘डक’, भारतलाई धक्का

१ सय ४ इनिङपछि कोहली ‘डक’, भारतलाई धक्का
फागुन–१३ । भारतीय कप्तान विराट कोहली १ सय ४ इनिङपछि पहिलो पटक डक आउट भएका छन् । अस्ट्रेलियाविरुद्ध भएको पहिलो टेस्टको दोस्रो दिन पहिलो इनिङको सुरुवात गर्न आएको गम्भीर धक्का लागेको छ । पहिलो इनिङमा अस्ट्रेलिया २ सय ६० रनमा समेटिएपछि भारतले ब्याटिङ सुरु गरेको थियो । कप्तान कोहलीलाई मिचेल स्टार्कले आफ्नो दोस्रो बलको शिकार बनाएका थिए । कोहली अन्तर्रा्ष्ट्रिय क्रिकेटमा १ सय ४ इनिङपछि शुन्यमा आउट भएका हुन् । अन्तिम पल्ट उनी २०१४ मा कार्डिफमा एकदिवसीय क्रिकेटको क्रममा शुन्यमा आउट भएका थिए ।

डक भारत विराट कोहली

विशेष